अन्य सेवा

अन्य सेवाः हुलाक सेवाका अतिरिक्त राष्ट्रिय सूचना आयोग, सूचना तथा प्रसारण विभाग र विज्ञापन बोर्डद्वारा प्रत्यायोजित जिम्मेवारी अनुरुप यस जिल्ला हुलाक कार्यालय, झापाले जिल्ला भित्र देहायका कार्यहरु समेत सम्पादन गर्दै आएको छः

क) एफ.एम., रेडियो, पत्रपत्रिका तथा केबल नविकरण/ रोयल्टी संकलन तथा जरिवाना सम्बन्धी कार्य ।

ख) लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी जिल्ला स्तरीय अनुगमन तथा सिफारिस र भुक्तानी गर्ने कार्य ।

ग) सबै सार्वजनिक निकाय तथा कार्याहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य ।